कर्णाली


राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल, निर्वाचन क्लस्टर सार्वजनिक

राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल, निर्वाचन क्लस्टर सार्वजनिक

नेपालखबर
असोज १२, २०८० शुक्रबार १६:४८, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशको बन्द सत्र जारी रहेको छ। बुधबार (असोज १०) गतेदेखि सुरु भएको अधिवेशनको बन्द सत्र जारी रहेको हो।

बिहीबार साँझ ५ बजेदेखि सुरु भएको बन्दसत्र राति साढे ८ बजेसम्म चलेको थियो। त्यसपछि स्थगित भएर शुक्रबार (असोज १२) गते बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र बिहान करिब ११ बजेबाट सुरुभएको छ।

अहिले पनि एमालेको बन्दसत्र सुर्खेत सभा हलमा जारी रहेको छ।

उक्त बन्द सत्रसुरु भएदेखि अहिलेसम्म राजनीतिक तथा साँगठनित प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत भएको छ भने एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा १२ सदस्यीय अध्यक्ष मण्डल बनेको छ।

आज दिउँसोभरी उक्त राजनीतिक तथा सांगठित प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएको छ।

यस्तै, एमाले कर्णाली प्रदेश कमिटीको निर्वाचन क्लस्टर सार्वजनिक गरिएको छ।

अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालका अनुसार १३० सदस्यीय प्रदेश कमिटी बन्ने छ।

जसमा ५ जना पदाधिकारी र १२५ जना सदस्य रहनेछन्। पदाधिकारीमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र दुई जना उपसचिव बन्ने छन्।

१२५ जना प्रदेश कमिटी सदस्यहरुमा पुरुष ८१ जना र महिला ४३ जना रहनेछन्। ३३ प्रतिशत महिला सहभागीता सुनिश्चत गरिएको छ।

यस्तै, १० जिल्लाका २४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २ पुरुष र १ महिला गरि जम्मा ७२ जना जसमा ४८ पुरुष र २४ महिला, दलित सदस्य ९खुला० युवा ९४० बर्षमूनि० ३ पुरुष र १ महिला गरि जम्मा १५ जना सदस्य जसमा ९ पुरुष र ६ महिला रहनेछन्।

यस्तै, निर्वाचन क्लस्टर जनजाती खुला (४० वर्षमुनी) १ पुरुष, १ महिला गरि जम्मा ८ जना जसमा पुरुष ५ र महिला ३ जना, निर्वाचन क्लस्टर खुला सदस्यमा (युवा ४० वर्षमुनी) ४ पुरुष र २ महिला गरि जम्मा २९ जना जसमा पुरुष १९ र महिला १० साथै अल्पसंख्यकबाट १ जना प्रदेश कमिटीका चुनिनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .