कर्णाली


भूकम्प प्रभावित जाजरकोटमा प्रधानमन्त्री

भूकम्प प्रभावित जाजरकोटमा प्रधानमन्त्री

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री प्रचण्ड।


नेपालखबर
कात्तिक १८, २०८० शनिबार ८:३७, सुर्खेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जाजरकोट आइपुगेका छन्।

काठमाडाैँबाट नेपाली सेनाको मेडिकल टिमसहित उनी जाजरकोट ओर्लिएका हुन्। 

अहिले उनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिइरहेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड बिहानै जाजरकोट गएका हुन्। 

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। 

प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो। 

यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। 

प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .