कर्णाली


भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल र कोहलपुर मेडिकल केजल तयारी अवस्थामा

भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल र कोहलपुर मेडिकल केजल तयारी अवस्थामा

दिनेश बुढा
कात्तिक १८, २०८० शनिबार ९:५५, सुर्खेत

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि बाँकेको नेपालगन्जमा रहेका भेरी अस्पताल र कोहलपुर मेडिकल केजललाई तयारी अवस्थामा राखिएको छ। 

गम्भीर घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको ती अस्पतालले जनाएका छन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रमुख, अस्पताल विकास समितिका अध्यक्ष र चिकित्सक घाइतेको उपचार व्यवस्थापनका लागि बिहानैदेखि जुटेका छन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइतेका लागि भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको जनाए। 

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। जहाँ पर्याप्त संख्यामा डाक्टर, नर्सिङ स्टाफ र अन्य प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ। 

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाका हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालयले बाँकेले जनाएको छ। 

पछिल्लो तथ्याङ्कअनुसार रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट घर भत्किँदा १५४ जनाको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .