गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।
ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा अहिले पनि धमाधम घाइतेको उद्धार तथा पीडितलाई राहत दिने काम जारी छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित विभिन्न संघ संस्था, राजनीतिक दल तथा सरकारी अधिकारीहरू जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँमा पुगेर उद्धारमा खटिएका छन्।
६.४ रेक्टर स्केलको भूकम्पबाट घरहरू भत्किएपछि पीडितहरू घरबारविहीन बनेका छन्।
जाजरकोट, रुकुम पश्चिम, दैलेख लगायतका जिल्लामा घरहरू भत्कँदा सर्वसाधरण बारीको पाटामा रातिदेखि नै छन्।
हेर्नुस् भिडिओमाः
कात्तिक १८, २०८० शनिबार २०:२०
प्रतिक्रिया