सरकारले भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई तत्काल काठमाडौंबाट घर फर्कनका लागि निःशुल्क बस सेवा उपलब्ध गराएको छ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई काठमाडौंबाट फर्कनका लागि आज (शनिबा) बेलुकी र आइतबार बिहानका लागि बस व्यवस्थापन गरिएको हो।
उक्त बस सेवा लिन चाहनेले मोबाईल नम्बर ९८४०२६६७९७ मदन थापा लाई फोन सम्पर्क गरि आफ्नो नाम टिपाउन सकिने हेलौ सरकारले बताएको छ।
गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म १५७ जनाको निधन भइसकेको छ।
57
Shares
प्रतिक्रिया