कर्णाली


भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन

भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन

नेपालखबर
कात्तिक १८, २०८० शनिबार २१:५४, काठमाडौँ

जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारले आज औषधिसहितको चिकित्सकको टोली खटाएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका प्रमुख डा नीरज अर्यालको नेतृत्वमा दुई चिकित्सक र दुई स्वास्थ्यकर्मीको टोली एक गाडी औषधि र आवश्यक उपकणसहित भूकम्प प्रभावित क्षेत्रमा खटिएको सामाजिक विकास मन्त्रालयका डा चेतराज जोशीले राससलाई जानकारी दिए।

आत्पकालीन सेवामा खटिने चिकित्सकमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा शिवराज पनेरु र आकस्मिक मेडिसियन विशेषज्ञ डा गणेश फुलारा छन्। टोलीमा अन्य दुई जना फार्मेसी स्वास्थ्यकर्मी पनि सहभागी छन्। 

‘कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलायसँग गरिएको समन्वय बमोजिम आज दुई विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ’, डा जोशीले भने, ‘भूकम्प प्रभावित क्षेत्रबाट माग हुनासाथ थप १६ चिकित्सकको अर्को टोलीलाई तयारी अवस्थामा राखेका छौँ।’ 

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट जिल्लामा आवश्यक औषधिसहित २० चिकित्सकको टोली तत्कालै पठाउने निर्णय आज बिहान गरेको थियो।

प्रदेश सरकारले कर्णाली प्रदेश सरकारको कोषमा तत्काल रु एक करोड उपलब्ध गराउने निर्णय पनि गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .