कर्णाली


कर्णाली प्रदेश सरकारले आइतबार शोक मनाउने

कर्णाली प्रदेश सरकारले आइतबार शोक मनाउने

नेपालखबर
कात्तिक १८, २०८० शनिबार २१:५९, सुर्खेत

कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। 

सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पताहरुमा उपचार भईरहेको र केहीको डिस्चार्ज भइसकेको र गम्भिर घाइतेहरुको हवाई सेवा मार्फत् उद्धार गरी सुर्खेत, नेपालगञ्ज तथा काठमाडौंमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

भूकम्प प्रभावित क्षेत्रमा पीडित परिवारलाई तत्काल राहतका लागि खाद्य तथा गैरखाद्य सामाग्री व्यवस्थापन गरिएको जनाइएको छ। 

त्यस्तै, सहयोगका लागि प्रदेश सरकारले आह्वान समेत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .