कर्णाली


अनेमसंघ कर्णालीले भूकम्प प्रभावितलाई तीन लाख सहयोग गर्ने

अनेमसंघ कर्णालीले भूकम्प प्रभावितलाई तीन लाख सहयोग गर्ने

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १८:४४, काठमाडौँ

अखिल नेपाल महिला महासंघ कर्णाली प्रदेशले भूकम्प प्रभावितलाई तीन लाख बराबरको आवश्यक राहत दिने भएको छ। सोमबार संघकी कर्णाली अध्यक्ष पद्मा खड्काको अध्यक्षतामा बसेको बैठकले तीन लाख बराबरको राहत दिने निर्णय गरेको हो। 

अखिल नेपाल महिला संघको बैठकले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएका बालबालिका, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला फरक क्षमता भएका नागरिकलाई राहत वितरण गरिने निर्णय गरेको छ।

यस्तै, राहतका लागि अखिल नेपाल महिला संघको केन्द्रीय कार्यालय र ६ वटै अनेमसंघका प्रदेश कमिटीलाई अनुरोध गर्ने, राहत संकलनको लागि आ–आफ्नो जिल्लाको जिल्ला कमिटी परिचालितगरी एकद्वार प्रणालीमार्फत संघको कर्णाली प्रदेश कमिटीसँग समन्वय गरि उठेको राहत नगद तथा जिन्सी उपलब्ध गरउने सर्कुलर गर्ने संघकी कर्णाली अध्यक्ष पद्मा खड्काले जानकारी दिइन्। 

उनका अनुसार यसरी उठेको राहत भूकम्प प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो सम्बन्धित निकायसँग समन्वयगरी एकद्वार प्रणालीमार्फत वितरण हुने छ। 

साथै अनेमसंघ कर्णाली प्रदेशले जाजरकोट भूकम्पबाट मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .