कर्णाली


‘गाउँ निकाला’को हल्लापछि अनमी तुल्साले भनिन्– गलत हो, मुगुमै छु

‘गाउँ निकाला’को हल्लापछि अनमी तुल्साले भनिन्– गलत हो, मुगुमै छु

नेपालखबर
पुस २, २०८० सोमबार २१:१, सुर्खेत

सोमबार दिउँसो सामाजिक सञ्जालमा एउटा वाक्यसहितको तस्बिर भाइरल बन्यो। उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो।

तस्बिरमा लेखिएको थियो, ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे!’ जातीय छुवाछुतसम्बन्धी उक्त तस्बिरबारे बुझ्न हामीले विश्कर्मालाई प्रत्यक्ष सम्पर्क गरेका थियौँ। 

तर, उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन्।

‘गाउँलेहरूले मैले छोएको औषधी नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले नेपालखबरसँग भनिन्, ‘तर केही मान्छेले भने दलितले छोएको औषधी नखाने भनेकै हुन्। त्यो कुरा एक-दुई महिना पहिलेकै हो।’

उनले उक्त कुरा आफूले घरमा भने गरेको स्वीकार गरिन्। 

मुगुमा आएपछि स्वास्थ्य चौकीनजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेको उनले बताइन्।

‘मैले कहीँकतै मिडियामा यस्तो कुरा गरेको थिइनँ। मेरो घर दाङको तुल्सीपुर हो। म मुगुमा खटिएको एक वर्ष भयो। मैले कोठा सार्ने कुरा आफ्नो घरमा गरेको थिएँ,’ उनले थप प्रस्ट पार्दै भनिन्।

उता, सोरु गाउँपालिकाका उपाध्यक्ष किशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै खनायाँ पुगेको बताए।

‘उक्त खबर पाउनेबित्तिकै म त्यहाँ (खनायाँ स्वास्थ्य चौकी) पुगेको थिए। म तुल्साजीसँगै सदरमुकाम फर्किएको छु,’ अध्यक्ष शाहीले भने, ‘तुलसाजी पनि मसँगै हुनुहुन्छ। उहाँको नम्बरमा धेरैको फोन आएपछि तनाव भएर अफ गर्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .