कर्णाली


वीरेन्द्रनगरमा कालिन्चोक क्रिकेट मैदानको निर्माण कार्य आरम्भ

वीरेन्द्रनगरमा कालिन्चोक क्रिकेट मैदानको निर्माण कार्य आरम्भ

नेपालखबर
पुस ३, २०८० मंगलबार १३:२८, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको कालिन्चोक क्रिकेट मैदान निर्माण कार्य शुभारम्भ भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उक्त क्रिकेट मैदानको शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री शर्माले क्रिकेट मैदान निर्माणको शुभारम्भ गर्दै २०८१ साल वैशाखमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमा गराउनका लागि सरकार तयार रहेको बताए।

उनले भने, ‘कर्णाली खेल क्षेत्रमा अघि बढ्दै छ। हामी त्यसको लागि तयारी तीब्र पार्दैछौँ। १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले हिजोभन्दा फरक नतिजा ल्याउने छ।’

मुख्यमन्त्री शर्माले सरकार यतिबेला प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको उल्लेख गरे।

साथै उनले रङ्गशाला निर्माणको काम सँगसँगै कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गर्नतर्फ ध्यान दिने, निर्माण कार्य शुभारम्भ भएको कालिन्चोक क्रिकेट मैदानलाई तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने दाबी गरे।

यस्तै, क्रिकेट मैदान निर्माणका लागि अनुमानित लागत ९८ लाख रहेको छ। ७३ लाख १८ हजार ३३७ रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको छ।
२०८१ वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

उक्त क्रिकेट मैदानको ३ लेनको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्याण्ड स्केप गरी हरियाली गर्ने लगायतका काम हुनेछन्।

निर्माणको जिम्मा केपीडीडी कन्ट्रक्सन वीरेन्द्रनगर सुर्खेतले लिएको छ।

यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि ५ ‘प’को नीति तथा कार्यक्रम साँच्चिकै कार्यन्वयन हुँदै जाने हो भने अब आउने ९० को दशक नेपालको सबै खेलहरुमा कर्णालीका बर्चश्व हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .