ad ad

कर्णाली


एमाले सुर्खेतमा अन्ततः चुनाव, पहिले एउटै प्यानलका बीसी र देवकोटा अहिले आमनेसामने

एमाले सुर्खेतमा अन्ततः चुनाव, पहिले एउटै प्यानलका बीसी र देवकोटा अहिले आमनेसामने

दिनेश बुढा
चैत १०, २०८० शनिबार ११:५९, सुर्खेत

नेकपा एमाले सुर्खेत जिल्ला कमिटी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। 

नेतृत्व चयनमा सर्वसम्मति जुटाउने नेताहरूको प्रयास विफल भएपछि अन्तत: निर्वाचन नै गर्नुपर्ने भएको हो।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष अमृतबहादुर बीसी र उपाध्यक्ष कुलमणि देवकोटाबीच प्रस्तिपर्धा हुने भएको छ।

आठौँ अधिवेशनमा एकै टिमबाट निर्वाचित यी दुई नेता नवौँ अधिवेशनमा भने अध्यक्ष पदका लागि आमनेसामने भएका छन्। 

यसअघि केन्द्रीय स्तरका नेताहरू हालका अध्यक्ष अमृतबहादुर बीसीकै पक्षमा सर्वसम्मत जुटाउने प्रयासमा लागेका थिए। तर उपाध्यक्ष देवकोटाले दाबी नछाडेपछि अन्ततः निर्वाचन हुने भएको हो।

बीसी र देवकोटा प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

बीसीबाट उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डीप्रसाद शर्मा, उपसविच खुलामा हरिप्रसाद अधिकारी र उपसचिव महिलामा तृप्ति विक उम्मेदवार बनेका छन्।

देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उपसचिव खुलामा अझै टुंगो लाग्न सकेको छैन। उपसचिव महिलाबाट सुशीला विश्वकर्माले उम्मेदवारी दर्ता गराएकी छन्।

निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ता गरी दिउँसो १ बजेसम्ममा नामावली प्रकाशन गरिनेछ। यसपछि उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निर्णय दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म छ।

 

यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै राति ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .