ad ad

कर्णाली


डोल्पामा आगलागीमा परेर तीन बालबालिका घाइते

डोल्पामा आगलागीमा परेर तीन बालबालिका घाइते

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार १८:२९, सुर्खेत

डोल्पामा आगलागीमा परेर तीन जना बालबालिका गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका-४ का तीन जना बालबालिका आगलागीमा परेका हुन्। 

बिहीबार त्रिपुरासुन्दरी नगरपालिका-४ रंङ्गको सुवा सामुदायिक वनमा गुच्छिच्याउ टिप्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आगलागीमा परि घाइते हुनेहरूमा सोहि पालिकामा १३ वर्षीय सुम्नत बुढा, १० वर्षीय विवश बुढा र ८वर्षीय सुलस बुढा रहेका छन्। 

घाइते बालबालिकाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले  बिहिबार दिउसो २ बजेतिर आगलागिमा परेका बालवालिकाको उद्धार पछि जिल्ला अस्पतालमा ल्याइएको जानकारी दिए।

उनकाअनुसार आगलागीमा एकै घरका दुई बालबालिका परेका छन भने आगोले बालबालिकाको करिव ९० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ। 

यस्तै, यही साता डोल्पामा आगलागीबाट भएको घटनामा परेर तीन जनाले ज्यानले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .