जाजरकोटमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका तीन बालबालिका बिरामी परेका छन्।
स्थानीय नवराज शर्माका अनुसार घरनजिककै जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा नलगाड नगरपालिका-४ पिपलचौरका एउटै घरका ३ बालबालिका बिरामी परेका हुन्।
च्याउको तरकारी खाँदा स्थानीय मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीया छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका हुन्।
उनीहरूले घर नजिकैको सालघारीबाट टिपेर ल्याएको च्याउको तरकारी खाएका थिए।
त्यसपछि बिरामी परेका उनीहरूको उपचार नगर अस्पतालमा भइरहेको छ। अवस्था सामन्य रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए।
च्याउ विषालु परेका कारण उनीहरू बिरामी परेको अनुमान गरिएको छ।
195
Shares

प्रतिक्रिया