हुम्लाको चंखेली गाउँपालिका-४ को देसीखोला गोठ्यानामा आज (शुक्रबार) बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
हुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ११ बजे चंखेली गाउँपालिका-६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको हो।
दुर्घटनामा चंखेली गाउँपालिका-६ का वसन्ती बुढा, उनका छोरा र सोही वडाका मानवीर बुढाको मृत्यु भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले नेपालखबरलाई जानकारी दिइन्।
शाहीका अनुसार कैलाश सिरा, बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा घाइते भएका छन्।
हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले दुर्घटनमा परेको जिपमा १२ जना यात्रु रहेको खुलेको बताए।
गम्भीर घाइते पाँच जनालाई सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा हालेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाउन लागिएको उनले बताए।
अन्य घाइतेहरूको उपचार भने स्थानीय प्रथामिक स्वास्थ्यचौकीमा भइरहेको बताइएको छ।
जिप सडकबाट ३ सय मिटर तल खसेको छ।
Shares

प्रतिक्रिया