सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै घरटहरा हटाउन एक हप्ताको समय दिएको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगरपालिकाको वडा नं ८ स्थित महिला छात्रावासको पूर्वतर्फको जग्गामा रहेका घरटहरा हटाउन लागेको हो।
उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका तथा नगर विकास समितिबाट सम्झौता गरी निर्माण गरिएका भौतिक संरचना घरटहरा हटाउन नगरपालिकाले अनुरोध गरेको छ।
यस्तै, नगरपालिकाले उक्त स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत नीति, कार्यक्रम र बजेटअनुसार खेलकुद मैदान निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।
साथै तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने प्रचलित कानुनअनुसार नगरपालिकाले संरचना हटाउने र त्यसमा लाग्ने खर्च सम्बन्धित संरचनाधनीबाटै असुल गरिने जनाएको छ।

Shares

प्रतिक्रिया