कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दलले विरोध जनाएपछि बैठक स्थगित भएको छ। बिहीबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङ विपक्षीलाई पेलेरै अघि बढ्न खोजेपछि विपक्षी दलहरूले बैठक सञ्चालनमा अवरोध गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसद् बैठक अवरोध गरेका हुन्।
सभामुख गुरुङले पेलेरे अघि बढ्न खोज्दा प्रतिपक्षी सांसदहरू अगाडि आएर घेरेका थिए। सभामा हङ्गामा भएपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी हुन्।
प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जान दिएनन्। आज सत्ता पक्षले बजेट पास गर्ने तयारी गरेको छ।
45
Shares

प्रतिक्रिया