ad ad

कोशी


प्रदेश सरकारले १९ जना स्रष्टालाई पुरस्कृत गर्ने

प्रदेश सरकारले १९ जना स्रष्टालाई पुरस्कृत गर्ने

सुमन पुरी
असार २६, २०७९ आइतबार १५:५९, विराटनगर

प्रदेश नंं. १ सरकारले १९ जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ। भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो। 

स्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिएका छन्।

उनका अनुसार बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान– २०७९ बाट प्रा. डा गोबिन्द तुम्वाङ–सुनसरी (भाषा, साहित्य, अनुसन्धान) र प्रा डा कालुराम खम्बु–(केआर खम्बु)–झापालाई अनुसन्धान, संस्करणका लागि सम्मान गर्न लागिएको हो। 

यस्तै, प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ इटहरीका कवि टंक बहादुर खुलाल गोवर्धन तामाङ–उदयपुर विजय श्रेष्ठ– इलामलाई सम्मान गर्न लागिएको हो। उनलाई मूर्तिकलाबाट सम्मान गर्न लागिएको हो।

यसैगरी, भरत गुरागाईं–मोरङ नाट्यकर्मी, ममता गिरी–सुनसरी साहित्य, लघुकथा, गोपाल देवान–सुनसरी (नाटककार, निर्देशन) लाई पनि सम्मान गर्न लागिएको न्यौपानेले बताए।

यस्तै, वीरबहादुर लाप्चा– इलाम (लोक संस्कृति, संस्कृति संरक्षण), हरि कट्टेल–सोलुखुम्बु साहित्य, मान सिंह थुलुङ–इलाम संगीत, महेन्द्र राई–सुनसरी चित्रकला, जयन्तीरमण कण्ठ (सोनु जयन्ती) सुनसरी नाट्य अभिनयकर्मी र नवराज राई (नवराज वर्तमान)–भोजपुर साहित्य, कथाकार, कवि लाई पनि प्रदेश सरकारले सम्मान गनर्त लागेको हो। 

यस्तै, नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार– २०७९ बाट लिला उप्रेती (लीला अनमोल)–झापा (साहित्य), यशोदाकुमारी लम्साल–सुनसरी (चित्रकला),चेतन आङ्थुपो–इलाम (नाटक, निर्देशन), मधुराज केरुङ–पाँचथर (चलचित्र, साहित्य) र विमला चिमोरिया–झापा (नाटक र अभिनय) लाई सम्मान गर्न लागिएको न्यौपानेले जानकारी दिए। 

स्रष्टा सम्मान समारोह आउँदो असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .