ad ad

कोशी


प्रदेश १ : असारमा मात्रै भ्रमण र गोष्ठीमा २ करोड ३९ लाख खर्च

प्रदेश १ : असारमा मात्रै भ्रमण र गोष्ठीमा २ करोड ३९ लाख खर्च

सुमन पुरी
भदौ १, २०७९ बुधबार ७:६, काठमाडौँ

प्रदेश १ सरकारले असार महिनामा तालिम र गोष्ठी र भ्रमणमा २ करोड ३९ लाख रुपैयाँ रकम खर्च गरेको छ। 

असारे विकास रोक्ने प्रतिवद्धता जनाएको प्रदेश १ सरकारले बजेट सक्ने बहानामा एक महिनामा सो रकम खर्च गरेको हो।

प्रदेश नम्बर १ का १० मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को असार महिनामा बजेट सक्नकै लागि कार्यक्रम गरेको देखिन्छ। 

सुचनाको हक प्रयोग गरि मागिएको सुचना अनुसार प्रदेश १ सरकारको कृषी मन्त्रालयले असारमा सवै भन्दा बढि यो शिर्षकमा खर्च गरेको छ।

कृषि मन्त्रालयले असार महिनामा एक महिनामा ५८ लाख ४२ हजार ७९१ रुपैयाँ खर्च गरेको छ। कृषिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय असारमा  ४७ लाख ६० हजार २९० रुपैयाँ खर्च गरेको छ।

सामाजिक विकास मन्त्रालयले ३६ लाख ८० हजार ४३०, पर्यटन तथा संस्कृति मन्त्रालयले ४६ लाख ५५ हजार ५१, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय २८ लाख ५९ हजार ६७५ रुपैयाँ सकेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६ लाख ४० हजार ४७१ रुपैयाँ, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले ५ लाख ११ हजार ७९० रुपैयाँ र उद्योग, श्रम तथा रोजगार मन्त्रालयले ५ लाख २ हजार २८० रुपैयाँ तालिम गोष्ठी र भ्रमणको नाममा खर्चिएको सम्बन्धित मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले ४ लाख ३० हजार चार सय र यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय एक लाख रुपैयाँ सकेको छ।

मुख्यमन्त्री कार्यालय सहित प्रदेश १ का १३ वटा मन्त्रालयमा माग गरिएको सूचना अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले तालिम, गोष्ठी लगायतका कार्यक्रम तथा भ्रमण शीर्षकमा खर्च नभएको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .