ad ad

कोशी


खोलामा डुबेर २ जनाको मृत्यु

खोलामा डुबेर २ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


सुमन पुरी
भदौ ३, २०७९ शुक्रबार ११:४, विराटनगर

मोरङ र उदयपुरमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। उदयपुरको ताप्ली गाउँपालिका १ मा एक जनाको मृत्य भएको हो। ताप्ली–१ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय (कटारी) ले जनाएको छ। 

यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बलबहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जीको खोलामा डुबेर मृत्यु भएको हो। साथीहरूसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेपछि अस्पताल लगिएकामा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय (पथरी) ले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .