ad ad

कोशी


विराटनगरमा राधाकृष्ण रथयात्रा हुँदै, ९ सय सुरक्षाकर्मी परिचालन

गरगहना लगाएर नआउन प्रहरीको आह्वान
विराटनगरमा राधाकृष्ण रथयात्रा हुँदै, ९ सय सुरक्षाकर्मी परिचालन

फाइल तस्बिर


सुमन पुरी
भदौ ४, २०७९ शनिबार १०:१९, विराटनगर

दक्षिण एसियाकै ठूलो राधाकृष्ण रथयात्रा विराटनगरमा आज निकालिँदै छ।। कोराना महामारीका कारण प्रशासनले रथयात्रा गर्न रोक लगाए पनि स्थानीयको विरोधपछि निकाल्न लागिएको हो। 

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्राको सबै तयारी पूरा भएको राधाकृष्ण मन्दिर व्यवस्थापन तथा रथयात्रा आयोजक समितिले जनाएको छ। यसअघि दुई वर्ष कोरोना महामारीका कारण खटयात्रा मात्रै निकालिएको थियो।

स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै रथयात्रामा सहभागी हुन प्रहरीले आह्वान गरेको छ। 

तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोकमार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो। सौन्दर्यकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथ रोडशेष चोकबाट घुमाउने तयारी छ।

१९८९ सालबाट सुरु खटयात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो। २०२५ सालदेखि विराटनगरमा रथयात्रा गर्ने गरिएको छ। 
कोरोना महामारीका कारण रथयात्राको ५२ र ५३औं संस्करण भने खटयात्रामा सीमित भयो। दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो।

रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ। विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ। 

रथयात्रा अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन विराटनगर आउने गरेका छन्। रथयात्रालाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार रथयात्रा सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापनलगायतका सुरक्षा रणनीति बनाइएको छ।

रथयात्रा सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने छ। नौ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालन हुने छन्। नेपाल प्रहरीका तीन जना डीएसपी फिल्डमा खटिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .