कोशी


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:१५, काठमाडौँ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।

राईकी ८४ वर्षीया आमा धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो।

भोजपुरको षडानन्द नगरपालिका निवासी धनकुमारीलाई निमोनियाले च्यापेपछि मुख्यमन्त्री राईले केही दिनअघि उपचारका लागि हेलिकोप्टरबाट विराटनगर ल्याएका थिए। 

मुख्यमन्त्रीको सचिवालयका अनुसार उनको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिनेछ।

त्यसपछि अन्तिम संस्कारका लागि सोमबारै भोजपुर लगिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad