मोरङको बुढीगंगा–२ अमाहिमा एक जना महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको छ।
पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा बोराभित्र शव भेटिएको हो। महिलाको घाँटीमा चोट रहेको प्रहरीले जनाएको छ।
स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
अहिले घटनास्थलमा डीएसपी रन्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ।
प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया