ad ad

कोशी


जानकी मन्दिर परिसरमा कार्यक्रम गर्न रोक

जानकी मन्दिर परिसरमा कार्यक्रम गर्न रोक

नेपालखबर
फागुन १८, २०७९ बिहिबार २०:३०, जनकपुरधाम

जानकी मन्दिर परिसरमा कुनै पनि कार्यक्रम गर्नमा रोक लगाइएको छ।

हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएकोमा त्यस्ता कार्यक्रमहरुलाई रोक लगाउने निर्णय भएको हो।

बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकबाट जानकी मन्दिर परिसरमा मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृति कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्न निषेध गरिएको हो।

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। 

जानकी मन्दिर परिसरमा कार्यक्रम गर्दा हालै मात्र लगाइएको मार्बल फुट्दै गइरहेको छ। 

यस्तै, जानकी मन्दिर वरिपरि रहेका पसलहरू पनि व्यवस्थित गरिने निर्णय समेत गरिएको छ। यसका साथै परिसर बाहिरको भागमा पूजाका लागि आवश्यक पर्ने फूल, माला तथा टिकाहरू व्यवस्थित रुपमा बिक्री वितरण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। 

यसैगरी जनकपुरधामको अर्को धार्मिक महत्त्वको जनक मन्दिरले विद्युत् महसुल नबुझाएको भन्दै काटिएको विद्युत् लाइन हालका लागि जडान गरिदिने निर्णय भएको छ।

विद्युतको बाँकी बक्यौताको विषयमा आवश्यक प्रतिवेदन पेश गर्नका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, गुठी संस्थान, विद्युत् प्राधिकरण, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलले समस्या समाधानका लागि प्रतिवेदन पेश गर्ने निर्णय भएको छ।

नेपाल विद्युत् प्राधिकरणको महसुल विभिन्न मठ मन्दिर, कार्यालय तथा जनकपुरधाम उपमहानगरपालिकाको सडक बत्ती बापत बक्यौता रहेको भन्दै प्राधिकरणले पटक पटक महसुल माग गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .