कोशी


पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

ध्रुव भट्टराई
चैत १९, २०७९ आइतबार १४:४१, विराटनगर

पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ।

विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। 

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ जना, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो।

दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जनासमेत छन्।

समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक उपाधी प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .