कोशी


झापामा ८३ वर्षीया वृद्धाको हत्या, २ युवक पक्राउ

झापामा ८३ वर्षीया वृद्धाको हत्या, २ युवक पक्राउ

नेपालखबर
मंसिर २३, २०८१ आइतबार ११:१८, काठमाडौँ

झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ। शनिबार दिउँसो साढे बजे झापा गाउँपालिका ६ पुष्पाञ्जली टोलकी फुलमाया मुर्मुको हत्या भएको छ। 

हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी  दिए। पक्राउ पर्नेमा झापा गाउँपालिका ७ का २८ वर्षीय अजय यादव २४ वर्षका अशोक यादव रहेका छन्। 

वृद्धा मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट टोलि खटिएको थियो। 

नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट केनाइनसहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा हत्याका आरोपित पत्ता लगाएको डीएसपी चन्दले बताए। 

मृतक महिलाको टाउको र चिउँडोमा प्रहार गरी हत्या गरिएको प्रहरीको निष्कर्ष छ।

कलको ह्यान्डिल र फरुवासहित घटनापछि उनीहरू फरार भएका थिए। 

घटनास्थलबाट लुटिएको मोबाइल र साइकलसहित झापा गाउँपालिका ७ मदरगाछबाट पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad