कोशी


कोसी प्रदेश सभा: केबलकार विवाद समाधान गर्न दलहरूको जोड

कोसी प्रदेश सभा: केबलकार विवाद समाधान गर्न दलहरूको जोड

नेपालखबर
फागुन ११, २०८१ आइतबार २०:३, विराटनगर (मोरङ)

कोसी प्रदेश सभामा सांसदहरूले पाथीभरा क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कोसी प्रदेश  सभाको बैठकमा बेल्दै नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगायतका दलका नेताहरूले तत्काल समस्याको समाधान गर्न माग गरेका हुन्।

नेकपा एमाले कोसी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने र नबनाउने भन्ने बिचको विवादलाई वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको हो।

आइतबार बसेको कोसी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गरे। वार्ता र छलफलबाट समस्या समाधान तत्काल गर्नुपर्ने उनले बताए। ताप्लेजुङमा हिजो साँझ भएको घटना असाध्यै  दुखद् भएको उनको भनाइ थियो।

शान्तिपूर्ण ढङ्गले राँके जुलुस निकाल्नु स्वाभाविक भए पनि मानिसको घरघरमा राँको फालिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘पटकपटकको आगलागीले फुङलिङ बजार त्रसित छ,’ उनले भने, ‘आगोको मुस्लो घरघरमा पस्दा मान्छेहरू त्रसित भए।’

प्रहरीको सानो समूहलाई आक्रमण गरेको बताए। साँझ भएको घटनामा १ जना प्रहरी र ३ जना आन्दोलनकारीलाई जिल्ला बाहिर उपचारको लागि पठाइएको भन्दै उनले उपचारको प्रबन्ध गर्न उनले सम्बन्धित आग्रह गरे।

यसअघि प्रदेश सभामा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि पाथीभरा क्षेत्रको विवाद समाधान गर्न आग्रह गरेका थिए। यस्तै राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि केबलकार निर्माणको काम स्थगित गरेर वार्ता र छलफल गर्न सरकारको ध्यानाकर्षण गराए।

‘सरकारले वार्ता र छलफल गर्नुको साटो दमनको बाटो रोजेको छ। यो घोर आपत्तिजनक छ,’ उनले भने।

यस्तै जसपाका सांसद निर्मला लिम्बुले पनि पाथीभरा क्षेत्रमा भएको भिडन्त र विवादको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्।

प्रदेश सभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले पाथीभरामा केबलकार निर्माण गर्ने या नगर्ने भन्ने विषयलाई तत्काल टुंगोमा पुर्‍याउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad