खोटाङको रावाबेशी-६ हौचुरमा गोठ भत्किदा १ भैसी र ५ वटा बाख्रा परेका छन्।
शनिबार बिहान ५ बजेतिर अमरबहादुर श्रेष्ठको काठ र टिनको छानो भएको गोठ बर्षाको कारण भत्किएपछि यस्तो क्षति भएको प्रहरीले जनाएको छ। त्यस्तै १ भैरी र ३ वटा बाख्रा सामान्य घाइते भएको बताइएको छ।
मानवीय क्षति भने नभएको र ३ लाख बराबरको धनको क्षति भएको बताइएको छ।
21
Shares

प्रतिक्रिया