कोसी प्रदेश सभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा कोसी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले चालु अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका अनुसार, शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य भएको विज्ञप्ति जारी भएको छ।
विज्ञप्तिमा भनिएको छ ‘संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोसी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ असोज १० गतेको सिफारिसमा संवत् २०८२ साल असोज १० गते शुक्रबार रातको १२ बजेदेखि कोसी प्रदेश सभाको चालू सातौँ अधिवेशन अन्त्य गर्नुभएको छ।’
कोसी प्रदेशका संरचनाहरू काम नलाग्ने गरी जलेर ध्वस्त भएपछि बैठक बस्न सक्ने समेत अवस्था छैन।
यसअघि कोसी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिको बैठकले बिसमपरिस्थितीमा प्रदेश सभाको बैठक बोलाउने माग गरेको थियो।
भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा कोसी प्रदेशसभाको भवन तथा सचिवालय जलेर काम नलाग्ने अवस्थामा पुगेको छ। अहिलेसम्म क्षतिको विवरण समेत तयार भइरहेको छ।
Shares

प्रतिक्रिया