कोशी


सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ

सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ

नेपालखबर
असोज १५, २०८२ बुधबार ११:४, विराटनगर

सुनसरीमा महिलाको हत्या भएको छ भने प्रहरीले प्रधानाध्यापक रहेका उनका पतिलाई पक्राउ गरेको छ। 

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन्। 

दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्।

उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान्-श्रीमतीबीच विवादका क्रममा उक्त घटना भएको देखिएको छ। पतिको कुटाइबाट अनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

भट्टराई इटहरीमा बसेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन्।

प्रहरीका अनुसार पोस्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

घटनाको पृष्ठभूमि र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad