कोशी


कोसी ब्यारेजमा पानीको बहाब ३ लाख ३५ हजार क्युसेक नाघ्यो, ५६ मध्ये ५० ढोका खोलिए

कोसी ब्यारेजमा पानीको बहाब ३ लाख ३५ हजार क्युसेक नाघ्यो, ५६ मध्ये ५० ढोका खोलिए

फाइल तस्बिर


सुमन सुस्केरा
असोज १९, २०८२ आइतबार ९:१६, विराटनगर

सुनसरीको कोसी ब्यारेज भएर बहने पानीले सतर्कता तह पार गरेको छ। 

आइतबार बिहान ८ः१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३५ हजार ३६० क्युसेक प्रतिघण्टा पानी बगिरहेको छ। पानीको यो बहाब असाध्यै खतराको सङ्केत भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। 

कोसी ब्यारेजमा पानीको बहाब उच्च भएपछि ५६ मध्ये ५० वटा ढोका खोलिएका छन् । 

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार ब्यारेजको पुलमा अहिलेसम्म सवारी साधनहरू रोकिएका छैनन्। तर, अब पानीको बहाव बढ्दै गएकोले पुलमा आवत जावत रोक्नु पर्ने अवस्था आउन सक्ने उनले बताए।

सप्तकोसी नदीमा बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि सप्तकोसी नदी भएर बहने पानीले सतर्कता तह पार गरेकाले बाढी र डुबानबाट बच्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
  
‘सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेको र यो क्रम आज बेलुकासम्मै निरन्तर रहने हुनाले कोसी नदीमा बाढी बढिरहेको छ,’ सूचनामा भनिएको छ, ‘बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad