कोशी


जुवातास खेलिरहेका ७ जना पक्राउ

जुवातास खेलिरहेका ७ जना पक्राउ

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १३:१६, किमाथांका (सङ्खुवासभा)

सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका-१ बसपार्कबाट जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा खाँदबारी-१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। प्रहरीले जुवातास (कौडा) खेलाउने घर धनीसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट नगद एक लाख ७२ हजार ९३५ समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए। प्रहरीले १६ वटा कौडा र चार बुङ (थान) ताससमेत बरामद गरेको छ। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले पटकासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पटक जन्यवस्तु बिक्री वितरण गरेको आरोपमा सदरमुका खाँदबारीबाट दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका उपमहानगरपालिका-१० घर भई खाँदबारी-१ बस्ने १८ वर्षीय सुजन चौधरी र सुनसरीको कोही गाउँपालिका-३ घर भई हाल खाँदबारी-१ बस्ने ४८ वर्षीय जमाल अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मैनालीले बताए। उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad