कोशी


सञ्चारकर्मी सञ्चार सहकारी १४ वर्ष पूरा, ९ प्रतिशत बोनस दिने घोषणा

सञ्चारकर्मी सञ्चार सहकारी १४ वर्ष पूरा, ९ प्रतिशत बोनस दिने घोषणा

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १५:५६, विराटनगर

सञ्चारकर्मीहरूले २०६९ सालमा स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि‍ ले आफ्नो स्थापना भएको १४ वर्ष पूरा गरेको छ। आर्थिक वर्ष २०८/र०८२ मा संस्थाले करिब १ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ।

संस्थाका अध्यक्ष दीपक दाहालले साधारण सभामा प्रस्तुत प्रतिवेदनमार्फत सहकारीको नीति र विधिअनुसार सञ्चालन भइरहेकाले कारोबार सन्तोषजनक रहेको बताए। उनका अनुसार संस्थामा हाल १२१ जना पत्रकार सेयर सदस्य रहेका छन्। 

ऋण असुली सम्बन्धमा उनले पुराना ऋणी शेयर सदस्यहरुलाई संस्थाले पटक–पटक पत्राचार गरे पनि केहीले अझै बेवास्ता गरेको भन्दै नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिए।

आर्थिक विवरण अनुसार सहकारीले यस वर्ष कुल आम्दानी रु १३ लाख ६६ हजार ९८ रुपैयाँ ३३ पैसा र कुल खर्च रु। ७ लाख ३० हजार ७८३ रुपैयाँ ३८ पैसा गरेको छ। संस्थाले ७६ लाख ९० हजार ९३ रुपैयाँ ९८ पैसा ऋण लगानी गरेको छ भने २१ लाख ८१ हजार ३५० रुपैयाँ ७९ पैसा असुली गरेको छ।

लेखा समिति र लेखा परिक्षकको सुझाव अनुसार सहकारीले यो वर्ष ९ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ।

साधारण सभाको अवसरमा सहकारीले विगतजस्तै असल ऋणी र असल बचतकर्तालाई सम्मान र गत वर्षदेखि सुरु गरिएको अग्रज शेयर सदस्य सम्मान कार्यक्रम निरन्तरता दिएको छ। 

यस वर्षदेखि भने विद्यावारिधी (पीएचडी) उपाधि प्राप्त गर्ने शेयर सदस्य तथा एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एक छोरा र एक छोरीलाई शिक्षा पुरस्कार प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad