विराटनगरको सिँघिया खोलामा बेपत्ता भएका एक व्यक्तिको तीन दिनपछि शव फेला परेको छ। विराटनगर–१४ विष्णुटोल नजिक सिँघिया खोलामा एक पुरुषको शव फेला परेको हो।
शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार बिहान खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
मण्डल सिँघिया खोलामा हराएका मण्डलको स्थानीयले खोजी जारी राखेका थिए। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको सहयोगमा उनको शव फेला परेको डिएसपी चुडालले जानकारी दिईन्।
घटनाको अनुसन्धान सुरु गरेको उनले जानकारी दिईन्।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।
57
Shares

प्रतिक्रिया