मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा जंगली हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु भएको छ।
आज (शनिबार) बिहान डेरीमा दूध पुर्याएर साइकलमा घर फर्कंदै गरेका स्थानीय ६० वर्षीय भवकृष्ण घिमिरेलाई जंगली हात्तीले आक्रमण गरेको हो।
आज बिहान ६ः३० बजेतिर विराटचोकस्थित बस्तीको बीचमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै वन कार्यालय तथा प्रहरीका टोली घटनास्थल पुगेका थिए।
यसैबीच वनक्षेत्र आसपास जंगली हात्तीका गतिविधि बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
90
Shares

प्रतिक्रिया