कोशी


रंगेलीको संसारीमाई मन्दिरमा चोरी

रंगेलीको संसारीमाई मन्दिरमा चोरी

नेपालखबर
पुस २०, २०८२ आइतबार १५:५४, विराटनगर

मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको संसारीमाई मन्दिरमा चोरी भएको छ।

रातको समयमा अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरेर चोरी गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।

उनका अनुसार मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दानपेटिकामा रहेको नगद चोरी भएको छ। मन्दिरका मेनेजर पंकज झाले घटनाका बारेमा प्रहरीलाई आइतबार बिहान जानकारी गराएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ। प्रहरी टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दानपेटिकाको अवस्था निरीक्षण गर्ने र सम्भावित चोरी भएको समय एवं तरिका पहिचान गर्ने काम गरेको छ।

मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडेर त्यहाँभित्र रहेको नगद चोरी भएको डीएसपी चुँडालले बताइन्।

चोरी भएको नगदको यकिन विवरण भने दानपेटिकाको नियमित हिसाबकिताब र अभिलेखको आधारमा मात्र खुल्ने प्रहरीको भनाइ छ।

चोरी कुन समयमा भएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन। तर, मन्दिर राति सुनसान हुने समयलाई लक्षित गरेर योजनाबद्ध रूपमा चोरी गरिएको हुन सक्ने आशंका छ।

चोरीमा संलग्नको पहिचान हुन सकेको छैन। 

प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि स्थानीय बासिन्दासँग सोधपुछ र विगतमा यस्तै प्रकृतिका घटनामा संलग्न खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad