कोशी


मत सर्वेक्षण र गोपनीयता भंग गर्ने सामाजिक सञ्जाललाई कारबाही गर्ने चेतावनी

मत सर्वेक्षण र गोपनीयता भंग गर्ने सामाजिक सञ्जाललाई कारबाही गर्ने चेतावनी

नेपालखबर
माघ २०, २०८२ मंगलबार १७:५४, विराटनगर

निर्वाचन आयोगले सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूबाट मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न प्रशासनले निर्देशन दिएको छ। 

मोरङ जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै फेसबुक, युट्युब र विभिन्न अनलाइन सञ्चार माध्यमहरूलाई सचेत गराएको हो।

पछिल्लो समय केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सर्वसाधारणलाई ‘कुन दल वा उम्मेदवारलाई भोट हाल्नुहुन्छ’ भनी प्रश्न सोध्ने र त्यसलाई सार्वजनिक गर्ने गरेको पाइएको छ।

यस्तो कार्यले मतदाताको व्यक्तिगत गोपनीयताको हक हनन हुने आयोगको ठहर छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (द) अनुसार यसरी मतदानको प्राथमिकता सोध्नु वा सार्वजनिक गर्नु आचारसंहिताको गम्भीर उल्लङ्घन हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत सरोज कोइरालाद्वारा जारी सूचनामा अब उपरान्त कसैले यस प्रकारको कार्य गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ।

निर्वाचनलाई मर्यादित र भयरहित बनाउनका लागि सबै पक्षलाई निर्वाचन कानुनको पूर्ण पालना गर्न समेत आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad