समाज


साढे ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

साढे ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

नेपालखबर
माघ २०, २०८२ मंगलबार १८:११, काठमाडौँ

सरकारले माघ २५ गतेदेखि ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एपीभी’ खोप लगाउने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भएको हो।

महाशाखाले विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने निर्णय भएको जनाएको छ। 

महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले गत वर्ष खोप लगाउन छुटेका किशोरीलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिने बताए। ‘विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी, कक्षा ६ मा अध्ययनरत सवै छात्रा र गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययरन छात्रालाई खोप लगाउनेछौँ,’ उनले भने। 

उनले १९ हजार विद्यालयबाट खोप लगाउने बताए। सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो। यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad