नेपाली कांग्रेस कोसी प्रदेशका प्रवक्ता यदु विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।
विष्टले बुधबार प्रदेश सभापति उद्धव थापा समक्ष आफ्नो राजीनामा पत्र बुझाउँदै प्रवक्ताको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
२०८१ असोज ११ गते प्रवक्तामा नियुक्त भएका विष्टले देशको बदलिँदो राजनीतिक परिवेश र पार्टीभित्र विकसित नयाँ परिस्थितिलाई राजीनामाको मुख्य कारण उल्लेख गरे।
विशेषगरी गत भदौमा भएको जनजी आन्दोलन पश्चात् पार्टीको नीति र नेतृत्व परिवर्तनका लागि भएको विशेष महाधिवेशनमा उनको सक्रिय सहभागिता रहेको थियो।
मोरङ क्षेत्र नं २ बाट महासमिति सदस्य समेत रहेका विष्टले पार्टीको नीति र नेतृत्व फेरिएको अवस्थामा वर्तमान प्रदेश सभापति उद्धव थापासँग आफ्नो वैचारिक मतभिन्नता रहेको स्पष्ट पारे।
राजीनामा पत्रमा विष्टले सभापतिसँग विचार नमिलेको अवस्थामा प्रवक्ताका रूपमा काम गर्न असहज र नैतिक रूपमा अनुपयुक्त हुने महसुस गरेकाले पद त्याग गरेको उल्लेख गरेका छन्।
सभापति थापा विशेष महाधिवेशनको विपक्षमा रहेका ब्यक्ति हुन्।

Shares

प्रतिक्रिया