प्रतिनिधि सभा निर्वाचनमा भोजपुरबाट पूर्वमुख्यमन्त्री शेरधन राई पराजित भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राईले १४ हजार ७ सय ५० मत प्राप्त गरे।
यस क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई १६ हजार ६ सय ६३ मतका साथ निर्वाचित भए।
नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले ६ हजार १०२ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ५ हजार ७ सय २८ मत र राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८ सय २२ मत प्राप्त गरेका छन्।
174
Shares

प्रतिक्रिया