इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। उनी १४ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजयी भएका हुन्।
राईका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ३२ मत प्राप्त गरे।
यस्तै, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजी मान कागतेले ११ हजार ९ सय ६६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका रन बहादुर राईले ७ हजार ६ सय ६५ मत प्राप्त गरे।
पराजय व्यहेकाका कागते २०७४ सालमा प्रदेश सभा सांसद थिए भने रणबहादुर २०७४ र २०७९ सालमा सूर्योदय नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए। राई मेयरबाट राजीनामा दिएर संघीय संसदका लागि प्रतिस्पर्धामा गएका हुन्।
निर्वाचित निश्कल ३५ वर्षे युवा हुन्।
Shares

प्रतिक्रिया