कोशी


झापामा चट्याङ लागेर एक जना घाइते, चौपाया मरे

झापामा चट्याङ लागेर एक जना घाइते, चौपाया मरे

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १७:६, विराटनगर

झापामा आइतबार चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन् साथै चौपायाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–१ जिर्मलेमा मध्याह्न साढे १२ बजेतिर वर्षासँगै परेको चट्याङले स्थानीय ३८ वर्षीय माधव रिसाल घाइते भएका हुन्।

आफ्नै घरको मिटर बक्समा चट्याङ पर्दा रिसालको टाउको र आँखामा चोट लागेको छ। घाइते रिसाललाई उपचारका लागि काँकडभिटास्थित दीप ज्योति आँखा अस्पताल पठाइएको छ भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङबाट रिसालको घरको मिटर बक्समा क्षति पुगेको छ।

​चट्याङका कारण रिसालको घरभन्दा करिब १०० मिटरको दुरीमा रहेको एम प्रसाद राईको खोरमा एउटा सुँगुर मरेको छ। करिब ३५ हजार रुपैयाँ बराबरको सुँगुर मरेको प्रहरीले जनाएको छ।

यस्तै, झापाकै गौरीगञ्ज गाउँपालिका–२ मा पनि चट्याङ लागेर एउटा गाई मरेको छ। खेतमा बाँधिएको अवस्थामा स्थानीय पलानु राजवंशीको गाईलाई चट्याङ लागेको हो। मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad