कोशी


खुलेको दुई घण्टामै फेरि पहिरो, मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

खुलेको दुई घण्टामै फेरि पहिरो, मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

नेपालखबर
साउन १२, २०८३ मंगलबार १५:२१, मकवानपुर

मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको करिब दुई घण्टामै फेरि सुख्खा पहिरो खस्दा उक्त सडक पुनः पूर्णरूपमा अवरुद्ध भएको छ।

आज (मंगलबार) दिउँसो ३ बजे चितवनको मुग्लिन नजिकै खहरे खोलाको आसपासको क्षेत्रमा अचानक सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।

पहिरो खस्ने क्रममा ठूलो मात्रामा माटो र ढुंगा सडकमा थुप्रिएपछि सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

यसअघि आज बिहान पनि सोही स्थानमा पहिरो खसेको थियो। बिहान खसेको पहिरो हटाउन करिब चार घण्टा समय लागेको थियो र त्यसपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। तर, सडक खुलेको करिब दुई घण्टामै पुनः पहिरो खस्दा यातायात सेवा फेरि ठप्प भएको हो। 

सडक डिभिजन भरतपुरका अनुसार अहिले पुनः खसेको पहिरो हटाउने कार्य तीव्ररूपमा अघि बढाइएको छ।

आवश्यक डोजर, एक्स्काभेटर लगायतका उपकरणहरू परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार थप पहिरो नझरेको अवस्थामा करिब २ देखि ३ घण्टाभित्र सडक सञ्चालनमा ल्याउन सकिने अपेक्षा गरिएको छ।

सडक डिभिजनले वर्षायाममा यस क्षेत्रमा पहिरो खस्ने जोखिम अत्यधिक रहेको भन्दै यात्रु तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad