कोशी


सुनसरीको महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरीको महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

नेपालखबर
साउन १२, २०८३ मंगलबार १५:३६, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका तोकिएका केही क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार साउन १२ गते दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लामा कर्फ्युको क्षेत्र थप गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम महेन्द्र राजमार्गका तोकिएका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ। जसअनुसार पूर्वमा पकली चोकसम्म, पश्चिममा कोसी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू रहनेछ।

कर्फ्यु लागू भएको अवधिभर तोकिएका क्षेत्रहरूमा कसैले पनि आवतजावत गर्न पाउने छैनन्। साथै कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

प्रशासनले तोकिएको सिमानाभित्र शान्ति सुरक्षा कायम राख्नका लागि सबै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न सूचित गरेको छ।

सोमबार राति ९ बजेदेखि राजमार्गमा लगाइएको कर्फ्यु राति साढे १२ बजेबाट हटाइएको थियो । ‘सुनसरीका हरिनगर, भुटाहा, कप्तानगञ्ज, भुस्की र देवानगञ्ज बजारमा अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु कायमै रहेको छ। 

यसैगरी हरिनगर र देवानगञ्ज गाउँपालिकाभर जारी गरिएको निषेधाज्ञालाई आज पनि निरन्तरता दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad