जंगली च्याउको तरकारी खाँदा पाँचथरमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
फिदिम नगरपालिका–२ ओदिन निवासी हर्कमाया राईको घरका पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट ल्याएको जंगली च्याउको तरकारी परिवारका सबै सदस्यले गएराति खानासँग खाएका थिए। खाना खाएपछि उनीहरूलाई वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएको छ।
बिरामी हुनेमा हर्कमाया राईसँगै ३२ वर्षीय समीर लिम्बु, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बु र ७३ वर्षीया दलमाया लिम्बु छन्।
उनीहरू सबैलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ।
66
Shares

प्रतिक्रिया