केही मानिसमा चाहिनेभन्दा धेरै सोच्ने बानी हुन्छ। सानो सानो कुरालाई पनि उनीहरुले ठूलो रुपमा लिन्छन्, जसले गर्दा विभिन्न किसिमका समस्या सिर्जना हुन सक्छ।
विशेषगरी काम गर्दाको समयमा आउने यस किसिमको सोचले कामलाई नै प्रभाव पार्न सक्छ। यसले मानिसको कार्यक्षमतामा नै असर पार्न सक्छ।
यद्यपि कतिसम्मको सोच सामान्य हो र कतिसम्मको सोच चाहिनेभन्दा बढी हो भन्ने छुट्याउन कठिन पर्छ। त्यस्तै यसबाट बाहिर निस्किन पनि सजिलो छैन।
धेरै सोच्नु मात्र नराम्रो कुरा होइन तर यसले तपाईंंको काममा वा दैनिक जीवनमा नै नराम्रो असर पार्न थाल्यो भनेचाहिँ त्यो नराम्रो कुरा हो। त्यसैले आफ्नो सोचका कारण कुनै पनि कुरा हातबाट नगुमोस् भन्नेमा ध्यान दिनु जरुरी हुन्छ।
विशेषज्ञहरुका अनुसार निम्न उपायबाट अनावश्यक सोच रोक्न सकिन्छ–
१. स्पष्ट बोल्ने बानी
मनभित्र धेरै कुरा गुम्स्याएर राख्ने बानीको कारण पनि अनावश्यक सोच आउन सक्ने समस्या हुन सक्छ। त्यसैले आफ्नो मनमा लागेको कुरा स्पष्टरुपमा भन्नुपर्छ। साथै आफूलाई मनमा लागेकै हिसाबमा मात्र कुनै पनि कुराको निष्कर्षमा पुग्नुभन्दा पनि स्पष्टरुपमा कुरा गर्ने बानी विकास गर्नुपर्छ। यसो गर्दा अनावश्यक सोचले जन्म लिन पाउँदैन।
२. सकारात्मक ऊर्जा बढाउनु
अनावश्यक सोच आउने मानिसमा नकारात्मक ऊर्जा बढी हुने सम्भावना पनि हुन्छ। त्यसैले नकारात्मकता हटाउन सकेसम्म सकारात्मक ऊर्जा बढाउनु जरुरी हुन्छ। सकारात्मक ऊर्जा बढाउन कहिलेकाहीँ आफ्नो सोच परिवर्तन गर्नु जरुरी हुन्छ। आफ्नो लागि के गर्दा राम्रो हुन्छ र अर्को पक्ष पनि कतिसम्म सही छ भनेर सोच्नु राम्रो हुन्छ।
३. अनावश्यक सोचको व्यवस्थापन
अनावश्यक सोचलाई आफ्नै तरिकाले व्यवस्थपन पनि गर्न सकिन्छ। मनौवैज्ञानिकहरुका अनुसार अनावश्यक सोच आाएपछि १० देखि ३० मिनेटसम्म एउटा मेचमा बस्ने अभ्यास गर्ने र अनावश्यक सोचलाई आउन दिनुपर्छ।
यसो गर्दा यो मेचबाट उठ्दा आफ्नो दिमाग धेरै हदसम्म हल्का भइसकेको हुन्छ। त्यसपछि एउटा यस्तो अवस्था आउँछ त्यो अवस्थमा उक्त मेचदेखि नै तपाईंलाई रिस उठ्न थाल्छ र तपाईंले त्यसलाई आफूभित्रै रोक्न सक्नुहुन्छ।
Shares
प्रतिक्रिया