साहित्य


सल्यानका विलक्षण शिक्षक मोहनसिंह थापाको स्मृतिग्रन्थ लोकार्पण

सल्यानका विलक्षण शिक्षक मोहनसिंह थापाको स्मृतिग्रन्थ लोकार्पण

नेपालखबर
असोज २०, २०८१ आइतबार १७:३१, काठमाडौँ

सल्यानका एकजना अद्भुत शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ। ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ शनिबार सल्यानमा कर्णाली प्रदेश मन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका हुन्। 

विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो।

पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहीत छन्। आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे। 

२०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नहुँदा छात्रवृत्ति समेत पाएनन्।

आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए। सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भए। २०४९ मा सल्यानमा पहिलोपटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटबिनै  गणित र अर्थशास्त्र पढाए। 

गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबास दिन्थे। आजीवन अविवाहित मोहन सर सल्यानी जनता तथा हजारौँ शिष्यहरुका प्रिय छन्।

पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका थिए। पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad