साहित्य


खनित गणेशको उपन्यास 'लाफा' सार्वजनिक

खनित गणेशको उपन्यास 'लाफा' सार्वजनिक

नेपालखबर
असोज ६, २०८२ सोमबार १०:९, काठमाडौँ

नेपाल प्रहरी सेवामा कार्यरत खनित गणेशको पहिलो औपन्यासिक पुस्तक लाफा सार्वजनिक भएको छ। नेपाल पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मी, कवि रिमा केसी, लेखक दीपक सापकोटा र लेखक गणेशले संयुक्त रूपमा शनिबार पुस्तकको विमोचन गरेका थिए।

केसीले यो आदिवासी जनजाति समुदायमा मामा फूपुको छोराछोरीबिच हुने प्रेम र विवाह जस्ता सांस्कृतिक धरातलमा लेखिएको पुस्तक भएको बताइन् । उनले भनिन्, 'लेखकले तामाङ र मगर युवा बिचको प्रेमलाई सांस्कृतिक, सामाजिक र युवा मनोविज्ञानमार्फत मिहिन चित्रण गर्ने प्रयास गरेका छन्।'

त्यसैगरी सापकोटाले नेपाली प्रेम साहित्यको सन्दर्भ कोट्याउँदै भने, 'यो डायरी शैलीमा लेखिएको विशुद्ध प्रेम कथा हो। स्मृतिलाई पछ्याउन वा लेख्न सकियो भने राम्रो सिर्जना हुन सक्छ भन्ने उदाहारणका रूपमा लाफालाई लिन्छु।'

सर्वनाम थिएटरमा विमोचनका क्रममा महानिर्देशक नाराणयण प्रसाद रेग्मीले लेखक गणेश प्रहरी सेवामा कार्यरतका बाबजुद साहित्य लेखनमा सक्रिय देख्दाको खुसी सुनाए।

करिब डेढ दशकदेखि कविता र गजलमा कलम चलाउँदै आएका मकवानपुरबासी लेखक गणेश हाल काठमाडौँ भृकुटी मण्डलस्थित पर्यटन प्रहरीमा कार्यरत छन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad