ad ad

लुम्बिनी


लुम्बिनीमा अनलाइन टिकट प्रणाली आरम्भ

लुम्बिनीमा अनलाइन टिकट प्रणाली आरम्भ

नेपालखबर
चैत १०, २०८० शनिबार १९:३१, काठमाडौँ

लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणमा आउने पर्यटकका लागि आजदेखि अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेको छ।

लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज सो कार्यको शुभारम्भ गरे।

त्यस अवसरमा मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइनमार्फत टिकट काट्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे। उनले यस कार्यले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने पनि बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अनलाइनमार्फत टिकट काट्ने कार्यले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्या समेत वृद्धि गर्ने विश्वास व्यक्त गरे। 

उनले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए। 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पर्यटकहरु लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए। 

लुम्बिनी विकास कोषको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी’ लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ।

इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैङ्क, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .