लुम्बिनी


दाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए

दाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १०:३, काठमाडौँ

दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन्। 

नाबालिका बलात्कार आरोपमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका प्रहरी जवान पचभैया आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी ईश्वर थापाले जानकारी दिए। 

उनी वडा प्रहरी कार्यालयको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको अनुमान गरिएको छ। 

‘अहिले म त्यही केसमा व्यस्त छु’, डीएसपी थापाले नेपालखबरसँग भने, ‘थप कुरा पछि गरौँला।’ 

दसैँ बेला पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरी जवान पचभैया केही दिनअघि पक्राउ परेका थिए।

प्रहरीको दाबीअनुसार बयानका क्रममा उनले अपराध स्वीकार गरिसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad