लुम्बिनी


७० वर्षे उमेरहद कुनै व्यक्तिलक्षित होइन, महाधिवेशनले छिनोफानो गर्छ: पद्मा अर्याल

७० वर्षे उमेरहद कुनै व्यक्तिलक्षित होइन, महाधिवेशनले छिनोफानो गर्छ: पद्मा अर्याल

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १३:३०, काठमाडौँ

नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले ७० वर्षे उमेर हद कुनै व्यक्तिलक्षित नभएर सोचविचार गरी हटाउन प्रस्ताव गरिएको बताएकी छन्।

केन्द्रीय कमिटीबाट यो निर्णय भइसकेको र महाधिवेशनले छिनोफानो गर्ने उनको भनाइ छ।

लुम्बिनी एमालेले पार्टी सञ्चालन र व्यवस्थापनसम्बन्धी सञ्चालन गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा अर्यालले भनिन्, ‘पार्टीमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको छ। अब यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा अलमलिन हुँदैन। उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोचीविचारी हटाइएको हो। यो व्यवस्था यसअघि नै निष्क्रिय भइसकेको थियो।’

त्यस्तै, मुलुकको अभिभावक भइसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महसुस गरेर पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको पनि अर्यालको भनाइ छ।

फरक प्रसंगमा उनले पार्टीभित्र अनुशासन र सुशासन महत्त्वपूर्ण विषय भएकाले यसतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिइन्।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरू आन्दोलनमा रहेको स्मरण गर्दै उनले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको दाबी पनि गरिन्।

‘यो मात्र होइन, नेपालमा सुरुङमार्ग असम्भव छ भन्नेहरूलाई सरकारले सम्भव बनाएर देखाएको छ,’ उनले भनिन्, ‘कांग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ। सबै आर्थिक सूचकहरू बढेका छन्। यी महत्त्वपूर्ण उपलब्धि हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad